Thursday 29th October 2026

चीनको एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको मृत्यु


तीतोपाटी – दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।

सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्। डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो । उक्त खानी दुई महिनादेखि बन्द थियो । गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो ।

गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइला खानीमा विस्फोटन हुँदा १४ जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

नेपाल रेडक्रस सोसाइटी (Nepal Red Cross Society) ले देशभर रगत तथा रगतका प्रमुख अवयवहरूको मौज्दात सकिँदै गएपछि सर्वसाधारणलाई तत्काल रक्तदान…

प्रतिकृयाहरू
...