Thursday 20th August 2026

रूसमा अर्को हप्ता देखि कोरोना बिरूद्धको खोप प्रयोग गर्न राष्ट्रपतिको निर्देशन


तीतोपाटी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना विरूद्धको खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ ।

पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । गत अगष्टमै रुस कोरोना विरुद्धको खोप दर्ता गराउने विश्वकै पहिलो राष्ट्र बनेको थियो । रुसमा बनेको सो खोपको नाम स्पुटनिक–५ दिइएको छ ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...