Friday 30th October 2026

चीनका रक्षामन्त्री भोली आइतबार नेपाल आउँदै


तीतोपाटी – चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ ।

भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई
निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

पछिल्लो समयमा दुई छिमेकी भारत र चीनबीच उनीहरुको हिमाली क्षेत्रमा टकराबको स्थिति कायम रहँदा र पछिल्लोपटक भारतबाट उच्च कूटनीतिक एवं उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट रक्षा मन्त्री आउनुलाई संयोगमात्र नभएको कूटनीतिक र रणनीतिक मामिला जानकारहरुको भनाई छ ।

चिनियाँ रक्षामन्त्रीले दक्षिण एशियाको भ्रमणको शुरुवात नै नेपालबाट गरेका छन् । उनी भोलि नै नेपालबाट बंगलादेश जानेछन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किनेछन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...