Friday 30th October 2026

पछिल्लो २४ घण्टामा १९४८ जनामा कोरोना संक्रमण, ३१४० निको भए, २८ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।

विश्वभर अहिलेसम्म ६ करोड ४ लाख ६६ हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित भइसकेका छन् भने ती मध्ये ४ करोड १८ लाख १० हजार भन्दा बढि मानिसहरू निको भएका छन् । त्यसै गरि अहिलेसम्म विश्वभर १४ लाख २२ हजार भन्दा बढि मानिसको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...