Friday 11th September 2026

पछिल्लो २४ घण्टामा १९४८ जनामा कोरोना संक्रमण, ३१४० निको भए, २८ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।

विश्वभर अहिलेसम्म ६ करोड ४ लाख ६६ हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित भइसकेका छन् भने ती मध्ये ४ करोड १८ लाख १० हजार भन्दा बढि मानिसहरू निको भएका छन् । त्यसै गरि अहिलेसम्म विश्वभर १४ लाख २२ हजार भन्दा बढि मानिसको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...