Friday 14th November 2025

सप्तरीमा एक महिला गाउँकै दिदीबहिनीहरूको ६० लाख रूपैयाँ ठगेर फरार


तितोपाटी – गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ ।

 

पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नि रामपरिदेवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर वेपत्ता भएको पीडितहरुको गुनासो छ ।

छोरा इन्द्रनारायणको पढाईका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाई छ । रामपरीका दुई भाई छोरा मध्ये इन्द्रनारायण भारतको वेङ्लौर र ध्रवु राजविराजमा अध्ययनरत छन् ।

वेपत्ता रामपरी विरुद्ध गाउँका करिव ४० जना महिलाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन् । ब्यवहारीक कठिनाई देखाएर ठगि गरेको उल्लेख गर्दै दर्ता गराईएको उजुरीमा रामपरीले हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिव ६० लाख रकम जम्मा गरेर वेपत्ता भएको उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...