Tuesday 28th July 2026

‘चिं मुसी चि’ टिम चलचित्रको प्रचारको लागि देश दाैडाहामा


तितोपाटी – चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘चि मुसी ची’को यूनिटले पूर्वको विर्तामोड र धरानमा भव्य कन्सर्टको आयोजना गरेको छ ।

कन्सर्टमा सयौ दर्शकको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, अलिसा शर्मा र सुशान्त कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, गायिका सुजाता पाण्डेले पनि दर्शकलाई नचाइन् ।

चलचित्रको कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो कार्यक्रम पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिएका थिए । विर्तामोड र धरानपछि हरिवन, हेटौडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरमा पनि कन्सर्ट हुनेछ ।

यो चलचित्र साउन ११ गतेबाट रिलिज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन् ।


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...