Wednesday 26th November 2025

‘हिउँ चितुवा’ आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन


तितोपाटी – सगरमाथा आरोहणमा विनाअक्सिजन १० पटक सगरमाथा चढि ‘हिउँ चितुवा’ उपनाम पाउन सफल
कीर्तिमानी आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा हिँजो सोमबार निधन भएको छ । राष्ट्र र राष्ट्रियता प्रति गर्व गर्ने शेर्पा यति धेरै चर्चित भएर पनि विदेश पलायन नभएर स्वदेशमै बसेर मुलुक र सगरमाथालाइ संसार भर चिनाउन ठुलो योगदान दिएका थिए ।

सगरमाथासँगै आङरिताले नेपालका अधिकांश अग्ला हिमाल पनि आरोहण गरिसकेका थिए । जसका कारण उनले हिउँचितुवाको उपनाम पाएका थिए । सन् १९४८ मा खुम्बु क्षेत्रको हिलजुङ गाउँमा जन्मिएका उनले २० वर्षकै उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । ३४ वर्षको उमेरमा आठ हजार एक सय ६२ मिटर अग्लो धौलागिरि हिमाल चढेका उनले सन् १९८३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

विनाअक्सिजन सगरमाथा चढेपछि आङरिताको विश्वभरि चर्चा भयो । उनले विनाअक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको आरोहण गरेका थिए ।

सन् १९८३ देखि १९९६ सम्म आङरिताले १० पटक सगरमाथाको आरोहण गरेका थिए । आँटेको काम पूरा गरेरै छाड्ने स्वभावका उनले सन् १९९६ पछि भने विभिन्न रोगले च्यापेपछि आरोहणमा जान छाडेका थिए ।

आङरिताको निधनको समाचार सिन्ह्वा, टाइम्स अफ इन्डिया, सिएनएन, बिबिसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ सम्प्रेषण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले कीर्तिमानी आरोही आङरिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...