Thursday 24th September 2026

नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न ओमानको इच्छुक


तितोपाटी – ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफले उक्त कुरा बताएका हुन् । मन्त्री युसुफले नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताएका थिए । मन्त्री युसुफ ओमानका नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री हुन् ।

भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रबर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भएको थियो। उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी थिए।

राजदूत ढकालले भेटका अवसरमा नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी थिइन् । साथै, उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले नेपालका जलविद्यूत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनजस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको उल्लेख गर्दै लगानीका लागि विशेष अनुरोध गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...