Saturday 8th November 2025

नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न ओमानको इच्छुक


तितोपाटी – ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री काइस मोहम्मद अल युसुफले उक्त कुरा बताएका हुन् । मन्त्री युसुफले नेपालका कृषि क्षेत्रका उत्पादनहरूलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताएका थिए । मन्त्री युसुफ ओमानका नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्री हुन् ।

भेटको क्रममा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रबर्द्धनका लागि आवश्यक रणनीतिहरूका सम्बन्धमा पनि छलफल भएको थियो। उक्त छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समी पनि सहभागी थिए।

राजदूत ढकालले भेटका अवसरमा नेपालको वर्तमान स्थिर राजनीति, चलायमान अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशका बारेमा जानकारी गराएकी थिइन् । साथै, उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएकाले नेपालका जलविद्यूत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटनजस्ता आकर्षित क्षेत्रहरूमा ओमानले लागानी गर्न सक्ने राम्रो अवसर रहेको उल्लेख गर्दै लगानीका लागि विशेष अनुरोध गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...