Monday 19th January 2026

ओली–प्रचण्डको प्रस्तावमा घनश्यामको टिप्पणी – ब्रेन ट्युमरको बिरामीलाई टाउकोमा तेल


विभाजनको दुर्घटनाबाट बचेको नेकपाले सर्वसम्मतिमा १५बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकेको छ । पार्टी एकतालाई बलियो बनाउने सैद्धान्तिकसहितका प्रस्ताव पारित गर्दै ७९ दिनमा बैठक सकिएकाे हाे।बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा केन्द्रित भएपछि अध्यक्ष ओली र प्रचण्डले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएर हल खोज्ने प्रयास गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर ओली–प्रचण्डले तयार पारेको प्रस्ताव पारित गर्दै बैठक सकिएको हो ।

यता स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्षहरूको प्रतिवेदनले ब्रेन ट्युमरको बिरामीलाई टाउको दुख्दा सञ्चो बनाउने नुरानी तेल धस्ने कोसिस गरेको कडा टिप्पणी गरेका छन् । ‘यो प्रस्ताव ब्रेन ट्युमर भएको बिरामीलाई निको बनाउन नुरानी तेल लाएजस्तै हो । साना छँदा टाउको दुख्यो, मर्क्यो, नाक, कान दुख्दा गाउँघरतिर नुरानी तेल लगाइन्थ्यो, अलिअलि गनाउँथ्यो । अहिले ब्रेन ट्युमरको बिरामीलाई त्यही तेल लगाएर सञ्चो बनाउन खोजिँदै छ,’ भुसालको टिप्पणी उद्धृत गर्दै एक नेताले भने ।

भुसालले दोस्रो विश्वयुद्धपछि थुप्रै मुलुकमा जनवादी क्रान्ति भए पनि दलाल पुँजीवादसँगको आत्मसमर्पणकै कारण समाप्त भएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तो खतरा देखिएको औँल्याएका थिए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...