Sunday 8th June 2025

लघुकथाः नेगेटिभ -नारायण कोइराला


एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए ।

मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो श्वास फेर्नु भयो ।

आमा नाआतिनु भने, वहाँलाई ज्वरो आएको थियो । यस्तो अवस्थामा पनि कोही सहयोग गर्न आएको देखिएन । अब के गर्ने म अलमल परें । एम्बुलेन्स सेवालाई फोन गरी रहे । कोही आऊन तयार रहेको छैन । सबै पहिला के भाको मात्र भने, ज्वरो भन्यो फोन काटी हाल्छन । बुढी आमा रोडमा हुनुहुन्छ छोडन पनि सकेको छैन ।

धेरै प्रयास पछि कोरोन हस्पिटल बाट लिन आउनी भो।
मैले लामो सास लिए, आमाको उपचार हुनि भयो भनि । गाड़ी आएर आमालाइ लिएर गयो । केही भए फोन गर्नु भन्दै नम्बर दिएको थिए।

२/३ दिन भो केही खबर आएको थिएन । मैले कोरोना हस्पिटलबाट हुने लापरबाही सुनेको थिए । आज म वहाँको हालचाल बुझ्न हस्पिटल तिर लाए । हस्पिटल जाँदा न डाक्टर छन् न त नर्स नै ! पाले दाईले सोध्नु भो मलाई,कसलाई खोज्नु भो भन्दै। आमाको नाम लिएर कस्तो छ, भनी सोधे । उनी पनि झन अलमलमा परे । ए ए अस्ति आउनु भाको आमा, वहाँको त मृत्यु भएको हो आज बिहान । म झन तर्सिए । अकस्मात सोधें, वहाँको रिपोर्ट? बीचमा बोले उनी, आज आयो नेगेटिभ ।

म आफैलाई मन सम्हाल्न गार्हो भयो । यो मेरो देशको अवस्था देखि । आमाको लासको पोको हेरी आफ्नो बाटो लागें ।

तानसेन पाल्पा
हालः यूएई ।


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...