Sunday 11th October 2026

गजल -मुस्कान ‘मुस्कान’


ठुला-ठुला उद्योगधन्दा, गर्नेलाई कर हुँदैन ।
घुसमा चल्ने नेपाल, सरकारको भर हुँदैन ।।

हामी सबै नेपालीको, घर घरमा यसपाली
पहिलेको जस्तो खुशीको जमघट, दर हुँदैन ।।

तिमी परिश्रम गर, जताततै बिक्न सक्छाै
अनि कसैको दबाबमा, बाँच्ने डर हुँदैन ।।

अब जात, धर्मको घमण्ड गर्न छोडिदेउ
घाटमा पुगेपछि कसैको घर, थर हुँदैन ।।

तिमी यस्तो ब्यक्तिलाई राहत दिएर जाउ
जसको वर्षायाममा, ओत लाग्ने घर हुँदैन ।।

-मुस्कान ‘मुस्कान’
जिल्ला-धनकुटा
नगरपालिका- पाख्रीबास
मो नं.9848877361


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...