Monday 16th February 2026

बागलुङको ढोरपाटन बाढी अपडेटः ४१ जना बेपत्ता, १४ शव भेटिए, १ को सनाखत


तितोपाटी – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती एक्कासी आएको बाढीले बगाउँदा ४१ जना बेपत्ता भएका छन् भने १४ जनाको शव भेटिएको छ जसमा १ जनाको सनाखत भएको छ । सुतिरहेको अवस्थामा मध्यरातमा बाढीले आएको बाढीले ढोरपटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मध्ये ५ पुरुष र ९ महिला रहेका छन् जस मध्ये ढोरपाटन नगरपालिका–९ की २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ। खोलाले बगाएको अवस्थामा मृतकहरूको शव ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकासम्म छरिएका थिए। बाढीले बगाएको शव पुलमा अड्किएको र खोलाको छेउमा बालुवामा पुरिएको अवस्थामा भेटिएको उद्धारमा खटिएका प्रहरीले जनाएको छ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, ३ वटा झोलुङ्गे पुल, एउटा यात्रुबाहक जिप लगायत पशुचौपाया बगाएको छ।

बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाँकुरीबोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बुधबार बेलुका घटना घटेपनि बिहीबार विहान मात्र इलाका प्रहरी चौकी बुर्तिबाङको टोली र प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो।

बेपत्ताको नामावलीः

१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने वर्ष २०।२२ को जीवन विक
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण विक
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया विक
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा विक
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि विक
७) निजको छोरा वर्ष ९।१० को रोशन विक
८) निजको छोरा वर्ष ४।५ को रवि विक
९) नाम नखुलेको १५ दिनको बच्चा १
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी विक
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया विक (लास फेला परेको)
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी विक
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र विक
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम विक
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती
१७) ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन
२१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर विक
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली विक
२५) ऐ.ऐ. बस्ने छोरा वर्ष ८।९ को दलु विक
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर विक
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया विक
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती
३०) ऐ.ऐ. लाँकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया विक
३३) निजको छोरा वर्ष २।३ को नाम नखुलेको बालक
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...