Sunday 25th May 2025

बागलुङको ढोरपाटन बाढी अपडेटः ४१ जना बेपत्ता, १४ शव भेटिए, १ को सनाखत


तितोपाटी – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती एक्कासी आएको बाढीले बगाउँदा ४१ जना बेपत्ता भएका छन् भने १४ जनाको शव भेटिएको छ जसमा १ जनाको सनाखत भएको छ । सुतिरहेको अवस्थामा मध्यरातमा बाढीले आएको बाढीले ढोरपटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार मृतक मध्ये ५ पुरुष र ९ महिला रहेका छन् जस मध्ये ढोरपाटन नगरपालिका–९ की २६ वर्षीया केशमाया विकको मात्रै सनाखत भएको छ। खोलाले बगाएको अवस्थामा मृतकहरूको शव ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकासम्म छरिएका थिए। बाढीले बगाएको शव पुलमा अड्किएको र खोलाको छेउमा बालुवामा पुरिएको अवस्थामा भेटिएको उद्धारमा खटिएका प्रहरीले जनाएको छ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, ३ वटा झोलुङ्गे पुल, एउटा यात्रुबाहक जिप लगायत पशुचौपाया बगाएको छ।

बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाँकुरीबोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बुधबार बेलुका घटना घटेपनि बिहीबार विहान मात्र इलाका प्रहरी चौकी बुर्तिबाङको टोली र प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो।

बेपत्ताको नामावलीः

१) ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने वर्ष २०।२२ को जीवन विक
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण विक
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया विक
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा विक
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि विक
७) निजको छोरा वर्ष ९।१० को रोशन विक
८) निजको छोरा वर्ष ४।५ को रवि विक
९) नाम नखुलेको १५ दिनको बच्चा १
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी विक
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया विक (लास फेला परेको)
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी विक
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र विक
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम विक
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती
१७) ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन
२१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर विक
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली विक
२५) ऐ.ऐ. बस्ने छोरा वर्ष ८।९ को दलु विक
२६) ऐ.ऐ. बस्ने निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर विक
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया विक
२९) ऐ.ऐ. दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती
३०) ऐ.ऐ. लाँकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया विक
३३) निजको छोरा वर्ष २।३ को नाम नखुलेको बालक
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी
३६) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना


सम्बन्धित शीर्षकहरु

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम हिजो…

सिरियामा रहेका प्यालेस्टिनी गुटका नेताहरू, पहिले बशर अल-असदको शासनसँग गठबन्धन गरेका थिए र इरानको समर्थनमा पाएर त्यहाँ सुरक्षित रुपमा आफ्ना…

आईपिएलका खेलहरु जारी रहेका छन। मे २२ तारिखसम्म खेलाईएका खेलहरुमा गुजरात १८ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो…

प्रतिकृयाहरू
...