Monday 29th December 2025

भाद्र महिना भर लामो दुरीका सवारी र आन्तरिक उडान नगर्ने सरकारको निर्णय


तितोपाटी – सरकारले सार्वजनिक सवारी साधन तथा आन्तरिक हवाइ उडान भाद्र महिनाभर बन्द गर्ने निर्णय गरेको छ । हिँजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान भाद्र १६ गते बाट सञ्चालन गर्ने निर्णय गरे पनि देश भित्र कोरोना महामारी बढेर समुदायमा फैलिएकोले आन्तरिक हवाइ उडान भाद्र महिनाभर सञ्चालन नगर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना महामारी बढेको निष्कर्ष निकाल्दै लामो दूरीका सवारी साधनहरु भाद्र मसान्त सम्मका लागि बन्द गरेको बताइएको छ भने आन्तरिक हवाइ उडान पनि भाद्र मसान्तसम्म सञ्चालन नगर्ने भएको छ ।

यस अगाडि भदौ १५ गतेबाट लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...