Friday 19th December 2025

चीनद्वारा दुइवटा भू-उपग्रह प्रक्षेपण


तितोपाटी – चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गर्यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो ।

पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो ।

पीआरएसएस–१ पाकिस्तानलाई बेचिएको पहिलो अप्टिकल रिमोट सेन्सिङ्ग भूउपग्रह हो । यो चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजी(सीएएसटी)द्वारा कुनै विदेशी खरिददारको लागि विकसित १७ औं भूउपग्रह हो ।
पाकिस्तानद्वारा विकसित गरिएको वैज्ञानिक खोजमा उपयोग हुने पाकटीईएस–१ए लाई पनि त्यहि रकेटबाट अन्तरिक्ष पठाइयो ।

चिनिया सरकारी एजेन्सी शिन्हुआको रिपोर्ट अनुसार अगस्ट २०११ मा सञ्चार उपग्रह पाकसैट–१ आरको प्रक्षेपणपछि चीन र पाकिस्तानबीच भएको यो अर्को अन्तरिक्ष सहयोग भएको छ ।

पीआरएसएस–१ को प्रयोग जमिन र संसाधनको सर्वेक्षण, प्राकृतिक विपत्तीको निगरानी, कृषी अनुसन्धान, सहरी निर्माण र सीमा एवम सडक क्षेत्रको लागि रिमोट सेन्सिङ्ग सूचना उपलब्ध गराउनको लागि गरिनेछ ।
केही सुरक्षा विज्ञले पाकिस्तानले यी भूउपग्रहहरुलाई भारतको निगरानी गर्नको लागि प्रयोग गर्ने बताएका छन् ।

सोमबारको यो प्रक्षेपण लङ्ग मार्च रकेट श्रृङ्खलाको २७९ औं अभियान र करिब दुई दशकपछि पहिलो अन्तराष्ट्रिय प्रक्षेपण हो । सन् १९९९ मा यसले मोटोरोलाको इरिडियम उपग्रह प्रक्षेपण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...