Thursday 13th November 2025

भारतका पुर्वराष्ट्रपति प्रणव मुखर्जीलाइ पनि कोरोना संक्रमण


तितोपाटी – भारतीय पूर्वराष्ट्रपति तथा नेता प्रणव मुखर्जीलाइ कोरोना सकंमण पुष्टि भएको छ । ८४ वर्षीय उनलाइ कोरोनाभाइरस परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । मुखर्जीले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।

मुखर्जी उपचारका लागि सोमबार अस्पताल पुगेका छन् । मुखर्जीले ट्विट गरेका छन्, ‘छुट्टै प्रयोजनका लागि अस्पताल गएको बेला कोभिड–१९ को पनि परीक्षण भयो। त्यसक्रममा संक्रमण पुष्टि भएको छ।’ भारतमा हालसम्म २२ लाख ५७ हजार भन्दा धेरै संक्रमित छन् ।

२०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । मुखर्जी संक्रमित भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा थुप्रैले प्रार्थना गरेका छन् । देशका प्रभावशाली राजनीतिज्ञ, पत्रकार, लेखकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...