Sunday 22nd February 2026

भारतका पुर्वराष्ट्रपति प्रणव मुखर्जीलाइ पनि कोरोना संक्रमण


तितोपाटी – भारतीय पूर्वराष्ट्रपति तथा नेता प्रणव मुखर्जीलाइ कोरोना सकंमण पुष्टि भएको छ । ८४ वर्षीय उनलाइ कोरोनाभाइरस परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । मुखर्जीले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।

मुखर्जी उपचारका लागि सोमबार अस्पताल पुगेका छन् । मुखर्जीले ट्विट गरेका छन्, ‘छुट्टै प्रयोजनका लागि अस्पताल गएको बेला कोभिड–१९ को पनि परीक्षण भयो। त्यसक्रममा संक्रमण पुष्टि भएको छ।’ भारतमा हालसम्म २२ लाख ५७ हजार भन्दा धेरै संक्रमित छन् ।

२०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । मुखर्जी संक्रमित भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा थुप्रैले प्रार्थना गरेका छन् । देशका प्रभावशाली राजनीतिज्ञ, पत्रकार, लेखकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...