Saturday 26th September 2026

कोरोनाको कारण थप ४ जनाको मृत्यु, मर्नेको संख्या ७९ पुग्यो


तितोपाटी – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको हाे । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

प्रतिकृयाहरू
...