Thursday 7th August 2025

नेपालको कोरोना अपडेटः ३८० थपिंदा जम्मा ४० निको भए, थप २ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल १६३५३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुष र पर्सा वीरगन्ज महानगरपालिका-२ बस्‍ने २० वर्षीया महिला रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ४३ हजार  ८ सय ४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९८ लाख ४८ हजार भन्दा बढि संक्रमित भइ १ करोड २७ लाख ५० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ३० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...