Sunday 16th November 2025

रचनाः- सानुको यादमा -छबि राम सुनार “निर्दोष”


मेरो सानू मेरो धड्कन तिमी मेरो रानी ।
मुस्काएर मिठो बोल्ने सधै तिम्रो बानी ।।

हराइ दिने घरी घरी लुटु पुटु गर्ने ।
अङ्गालोमा बेर्ने अनि खुसुखुसु गर्ने ।।

सुम्सुमाउने जताततै टुलुटुलु हेर्दै ।
लजाउँदै घरीघरी लामो श्वास फेर्दै ।।

कति मिठो माया होला कति मिठो बोली ।
सम्झिराछु सानू मैले तिमीलाइ आजभोली ।।

पलपल तिम्रै याद आउँछ आँखा वरिपरि ।
तड्पाइदिन्छ जलाइदिन्छ मुटु घरीघरी ।।

-छबि राम सुनार “निर्दोष”
नवलपुर नेपाल हाल कुवेत


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...