Monday 19th May 2025

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्यो, एकै दिन ५ जनाको मृत्यु, मर्नेको संख्या ६५ पुग्यो


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२९६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २३३ जना कोरोना जितेर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १५३८९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि सर्लाही जिल्ला मलंगवा – ८ की ६५ वर्षीया महिला, धनुषा जिल्ला मिथिला नगरपालिका – १० की वर्ष ७२ की महिला, सप्तरी जिल्ला रूपनी नगरपालिका – ५ का वर्ष ४२ का पुरूष, विराटनगर महानगरपालिका – ९ का र रंगेली नगरपालिका – ८ का ४५ वर्षीय २ पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख १९ हजार  ५ सय ७५ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९० लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड २१ लाख ९२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ११ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ। यी वार्ताहरू पछि, हमासले नयाँ युद्धविराम सम्झौताको एक…

तेहरान, इरान - अमेरिकी राष्ट्रपतिले मध्यपूर्वको आफ्नो पहिलो प्रमुख भ्रमणको क्रममा आफ्नो अभिव्यक्तिलाई तिखारेपछि इरानका राजनीतिक तथा सैन्य नेताहरूले डोनाल्ड…

हामी मध्य धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पुर्‍याउन सक्छ। तर,…

प्रतिकृयाहरू
...