Sunday 16th November 2025

सच्चा कवि – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


लेख्यौ कि कवि कविता कतै कसैको आडमा ।
चाकडी गरी अगाडि जाने सुषुप्त आशामा ।१।

बाचन कतै गर्यौ कि फेरि तालीको भरमा ।
कविता जन्मे अत्यन्तै राम्रो स्वन्त्र घरमा ।२।

थालनी कतै भएछ क्यारे चाप्लुसी खेतीको ।
कविता पढ्दा त्यसैको बीच सुराक भेटियो ।३।

समाजभित्र घटना घटे समाज लुकायो ।
त्यसैको भर इतिहास नि खुसुक्क लेखियो ।४।

दुनियाँ गर्छन् मुसाको दौड अहम तिखार्न ।
पटक्कै पछि पर्दैनन् हेर अरुको बिगार्न ।५।

नपर लट्ठ तालीको भर गाली नि मिल्नेछ ।
खुलेर लेख मनको कुरा सत्यता बढ्नेछ ।६।

कविको मान वर्षमा हैन कृतिमा गनिन्छ ।
सशक्त लेख कविता कवि छिनमै बनिन्छ ।७।

धिक्कार कवि कसैको तिमी भरौटे बनेछौ ।
त्यसैले होला कसैको आड लागेर भुक्दैछौ ।८।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...