Sunday 20th July 2025

लकडाउन अवधि र लकडाउन खुलाउँदाको परिणाम


बि. आर. उप्रेती – कोभिड -१९ नोवल कोरोना भाइरसको विश्व महामारीबाट संसारका सबै जसो देशहरूमा मानिसहरूको ज्यान गइ रहेको छ । यस्तो भयानक रोगबाट हाम्रो देश पनि अछुतो रहन सकेन ।

ठुला विकसित राष्ट्रहरुमा संक्रमण अत्यधिक भइ मृत्यु पनि कहालीलाग्दो किसिमसँग भइ रहेको बुझेका सुनेका छौँ । तर हाम्रो देशमा हरियाली डाँडा-काँडा, घना जंगल, खानपान र रहन-सहन आदि सन्तुलित वातावरणमा जीवन यापन गर्ने हाम्रो देशमा त यो रोग संक्रमण र मृत्यु न्यून नै छ । गत २०७६ चैत्रमा सरकारबाट पटकपटक गरी चार महिना लक डाउन घोषणा गरेको हुँदा संक्रमण र कोरोनाबाट मृत्यु कम थियोे । लकडाउन अवधिमा फरफैक्ट्री, कलकारखाना लगायतका ठुला साना ब्यावसायी, यातायात बन्द हुने नै भयो । यसरी बन्द हुँदा उद्योगपति, ठुला व्यवसायीहरु जस्ता धनाढ्यहरुले आय आमदानी गराई रहन कल कारखाना, फरफैक्ट्री, यातायात संचालन र अन्य उद्योगहरु पुनः संचालन गर्नको लागि लक डाउन खुलाउन सरकारलाई दबाब दिई रहेको होला र सरकारले लकडाउन अन्त्य भएको भनि गत साउन ७ गते घोषणा भयो तत्पश्चात अब हामीले सहजै बुझेकाछौं कि देशमा ठुला सहर देखि गाउँ गाउँसम्म समुदायमा कोरोना संक्रमण र मृत्यु कति भइ सक्यो ? छर्लङ्ग छ ।

तसर्थ यस्तो भयावह रोग दिनानुदिन अत्याधिक फैलिई अब सैंयौंको ज्यान लिंदैछ । यो महामारी रोगको नियन्त्रण गर्न देशमा लकडाउन भन्दा विकल्प छैन । सिमा नाका ठाउँ ठाउँमा चेक जाँच, आवत-जावत बन्द, फरफैक्ट्री र अन्य ठुला साना उद्योग तथा यातायात जस्ता रोग संक्रामणका माध्यमहरु केही अवधिसम्म बन्द गर्न सरकारबाट यथा समयमा लकडाउन घोषणा भएमा मात्र यो भयावह रोगबाट हदैसम्म बच्न पाइने थियो भनि आम नेपाली जनता धेरैले आशा गरेको बुझिन्छ ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

साहित्यिक मासिक जनमतमा प्रकाशित 'पुष्कर अथक रेग्मी विशेष अङ्क' माथि तानसेनमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाजका…

प्रतिकृयाहरू
...