Tuesday 29th September 2026

लकडाउन अवधि र लकडाउन खुलाउँदाको परिणाम


बि. आर. उप्रेती – कोभिड -१९ नोवल कोरोना भाइरसको विश्व महामारीबाट संसारका सबै जसो देशहरूमा मानिसहरूको ज्यान गइ रहेको छ । यस्तो भयानक रोगबाट हाम्रो देश पनि अछुतो रहन सकेन ।

ठुला विकसित राष्ट्रहरुमा संक्रमण अत्यधिक भइ मृत्यु पनि कहालीलाग्दो किसिमसँग भइ रहेको बुझेका सुनेका छौँ । तर हाम्रो देशमा हरियाली डाँडा-काँडा, घना जंगल, खानपान र रहन-सहन आदि सन्तुलित वातावरणमा जीवन यापन गर्ने हाम्रो देशमा त यो रोग संक्रमण र मृत्यु न्यून नै छ । गत २०७६ चैत्रमा सरकारबाट पटकपटक गरी चार महिना लक डाउन घोषणा गरेको हुँदा संक्रमण र कोरोनाबाट मृत्यु कम थियोे । लकडाउन अवधिमा फरफैक्ट्री, कलकारखाना लगायतका ठुला साना ब्यावसायी, यातायात बन्द हुने नै भयो । यसरी बन्द हुँदा उद्योगपति, ठुला व्यवसायीहरु जस्ता धनाढ्यहरुले आय आमदानी गराई रहन कल कारखाना, फरफैक्ट्री, यातायात संचालन र अन्य उद्योगहरु पुनः संचालन गर्नको लागि लक डाउन खुलाउन सरकारलाई दबाब दिई रहेको होला र सरकारले लकडाउन अन्त्य भएको भनि गत साउन ७ गते घोषणा भयो तत्पश्चात अब हामीले सहजै बुझेकाछौं कि देशमा ठुला सहर देखि गाउँ गाउँसम्म समुदायमा कोरोना संक्रमण र मृत्यु कति भइ सक्यो ? छर्लङ्ग छ ।

तसर्थ यस्तो भयावह रोग दिनानुदिन अत्याधिक फैलिई अब सैंयौंको ज्यान लिंदैछ । यो महामारी रोगको नियन्त्रण गर्न देशमा लकडाउन भन्दा विकल्प छैन । सिमा नाका ठाउँ ठाउँमा चेक जाँच, आवत-जावत बन्द, फरफैक्ट्री र अन्य ठुला साना उद्योग तथा यातायात जस्ता रोग संक्रामणका माध्यमहरु केही अवधिसम्म बन्द गर्न सरकारबाट यथा समयमा लकडाउन घोषणा भएमा मात्र यो भयावह रोगबाट हदैसम्म बच्न पाइने थियो भनि आम नेपाली जनता धेरैले आशा गरेको बुझिन्छ ।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

प्रतिकृयाहरू
...