Saturday 8th February 2025

नेपालमा कोरोनाः कुल संक्रमित१९७७१, निको भएका१४३९९, जम्मा ५६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९७७१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३१६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५१ जना कोरोना जितेर घर फर्केका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १४३९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – १६ निवासी ३५ वर्षीय पुरूष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – २ छपकैया निवासी ६५ वर्षीय पुरुष र पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ११ स्थायी घर भइ ललितपुर थसीखेल – ५ बस्ने  ६५ वर्षीया महिला गरि ४ कोरोना संक्रमणले मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ७५ हजार  ४ सय १६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १२ हजार १ सय ११ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७५ लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ७७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...