Monday 10th August 2026

गजल -राम भण्डारी


आफैं आफैं लुछाचुँडी सबै गिद्ध मर्ने भए ।
झम्टिदै ठुङ्दै चिथोरेर ठूलो भुँडी भर्ने भए ।।

कतिबेला देख्न पर्छ यिनको कन्तविजोग
आफुले खन्या भड्खालोमा आफैं पर्ने भए ।।

यहिँ बसि खाउँ भने गिद्धै गिद्ध चारै तिर
सिनो च्यापि उडौं भने जमिन मै झर्ने भए ।।

झाले गिद्ध माले गिद्ध आपसमै नमिलेर
असन्तुष्टि भागबन्डा नाङ्गो नाच गर्ने भए ।।

हेक्का राख चुहिएको डुङ्गा माथि तैरिएको
डुब्न सक्छौ खोला बिच तरि हाल तर्ने भए ।।

बन्द गर झै-झगडा हामीलाई शान्ति देऊ
सार्नु नै छ छिट्टै गुँड सारि हाल सर्ने भए ।।


सम्बन्धित शीर्षकहरु

उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको…

इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नुअघि अमेरिका आफ्नो प्रतिबन्ध, सैन्य दबाब र युद्धसँग सम्बन्धित क्षतिपूर्ति जस्ता माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएको…

अमेरिका र क्यानडाको पश्चिमी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन्। क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तस्थित ओकानागन ताल…

प्रतिकृयाहरू
...