Saturday 18th May 2024

“अमान्छे” -अर्जुन दवाडी


निरन्तर वर्षा ! थामिने छाँट किञ्चित् देखीएन । घामको तिर्षनाले काकाकुल मान्छेहरू ।

हुन पनि हप्ता दिन भो लगातार पानी परेको । लुगा धुनु, नुहाउनु यस्ता थुप्रै, घाम लागे पछि गर्न पर्ने कामहरू थाँती नै होला सबैको । घर भित्र, बाहिर साह्रै सिकसिको । आगनको झारले छोपिन लागेको होला मेरो जस्तै अरूको पनि घर । के गर्ने ! वर्षाले बित्याँसै पार्यो ।

मान्छेको गनगन् शुरू हुन लाग्यो । कसै सँग भेट भए “के साह्रो दिक्क लाग्ने पानी परेको नि ! वर्षा-झरी त नआओस भन्छु” यस्तै हावी जावी गनगन् ,नैसर्गिक नै हो -कुनै पनि कुरा “घे घे रानी” भए पछि गनगनीनु ।

आज बिहान उठे पछि, देखे आकाश उघ्रिएको । डाँडा – काँडा कुईरोले ढाके पनि आकाशको खुल्ला मुहार । शायद! मैले जस्तै सबैले अड़कले होलान् । यस्तरी – “ओह! आज भने घाम लाग्ने रहेछ । ” काकाकुल बनेको मान्छेको मुहार पनि आकाश सरह उघ्रन्दै थियो, सबैको होइन कसै कसैको ।
सोंचे जस्तै दिन भो । आखिर धेरै दिन लुकेको घामले आफ्नो ताण्डव रूप देखाई छाड्यो । दिनै भरी टन्टलापुर घाम। आज कुनै हालतमा लाग्थेन, हिंजो सम्म पानी परेको थियो भनी ।

गर्मी नाप्ने यन्त्र भएको भए ! ३० डिग्री सेन्टिग्रेट देखि माथि नै थियो, तापमान । आत्तिने मान्छे सबै ।

गनगन त फेरि उस्तै – ” खै ! पानी परे वाक्कै लाग्दो पर्छ, घाम लागे उखरमाउलो गर्मी, उफ !”

म आफै सँग छक्क पर्छु । अरूको कुरा छोडीदिउँ। साह्रै बैगूणी म। सन्तुष्ट कहिल्यै बन्न सकिन ।

पानी धेरै पर्यो! गनगन, घाम लाग्यो, गर्मी भो ! गनगन।

वास्तवमा हामी, मान्छे भन्ने असन्तुष्ट विवेकशील प्राणी – प्राकृतिक नियम भित्र बाँच्न सिक्न पर्छ सँधै । प्रकृति भनेको, ईश्वरीय लीला हो, झेल्न पनि सक्नु पर्छ |

यदि-

मान्छेको गनगन सुनेर, कुनै दिन घामले यस्तो सोंचोस – ” अब पाँच वर्ष पृथ्वीतलमा पाईला टेक्दिन ।”
पानीले पनि यस्तै सोंचोस -” मान्छे साह्रै गनगन्यो, अब पृथ्वीमा वर्षन्दिन ।”

हो! यस्तै भईदिए!

मान्छेले, मान्छेको रगत चुसेर तिर्खा मेट्नेछ।
मान्छेले मान्छेको मासु खाएर भोक मेट्नेछ ।

किनकि मान्छे भन्ने विवेकशील प्राणी, आफ्नो निम्ति मात्रै सोंचने प्राणी हुन् ।

पाठकगण यदि तपाई ! निश्वार्थ अरूको निम्ति पनि सोंच्नु हुन्छ भने ! यो दवाडीको सश्रदा लाखौं सलाम ।।

अर्जुन दवाडी
कान्तिपुर नगरी


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...