Sunday 16th November 2025

कमिला ताँती – लोक छन्द(झ्याउरे) -हरि शर्मा (सुबेदी)


कमिला ताँती
लोकको प्यारो छन्द झ्याउरे
***************
आउनुस साथी मिलेर बसौँ झगडा नगरी ।
समुह हाम्रो हुनेछ राम्रो कमिला जसरी । १ ।

कमिला ताँती मिलेर हात्ती बेसरी तान्दछ ।
माहुरी हुल मिलेर सङ्गै समुह बन्दछ । २ ।

एकले थुक्दा बिलाई जान्छ सयले नदी नै ।
मिलेर गर्दा जे पनि सफल फाइदा अति नै । ३ ।

अर्काको दोष नखोज्दा जाती गुणको कदर ।
गरेको राम्रो आफूको जस्तै अरुको आदर । ४ ।

अरुले माथि उचालिदिए हलुका बनिन्छ ।
आफूले आफै उचाल्न खोज्दा मुटु नै पिरिन्छ । ५ ।

को छ र यहाँ रामको सरी दोष नै नभाको ।
कसरी आयौँ कहाँ हो जाने कसले चाल पाको । ६ ।

हिजोको कुरा भुलेर हामी “आज” मा रमाउँ ।
भबिष्य पनि बशमा छैन यो कुरा चाल पाउँ । ७ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...