Sunday 11th October 2026

कमिला ताँती – लोक छन्द(झ्याउरे) -हरि शर्मा (सुबेदी)


कमिला ताँती
लोकको प्यारो छन्द झ्याउरे
***************
आउनुस साथी मिलेर बसौँ झगडा नगरी ।
समुह हाम्रो हुनेछ राम्रो कमिला जसरी । १ ।

कमिला ताँती मिलेर हात्ती बेसरी तान्दछ ।
माहुरी हुल मिलेर सङ्गै समुह बन्दछ । २ ।

एकले थुक्दा बिलाई जान्छ सयले नदी नै ।
मिलेर गर्दा जे पनि सफल फाइदा अति नै । ३ ।

अर्काको दोष नखोज्दा जाती गुणको कदर ।
गरेको राम्रो आफूको जस्तै अरुको आदर । ४ ।

अरुले माथि उचालिदिए हलुका बनिन्छ ।
आफूले आफै उचाल्न खोज्दा मुटु नै पिरिन्छ । ५ ।

को छ र यहाँ रामको सरी दोष नै नभाको ।
कसरी आयौँ कहाँ हो जाने कसले चाल पाको । ६ ।

हिजोको कुरा भुलेर हामी “आज” मा रमाउँ ।
भबिष्य पनि बशमा छैन यो कुरा चाल पाउँ । ७ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...