Friday 31st July 2026

सार्है चोटिला मुक्तकहरू – राम भण्डारी


मुक्तक


तिम्रो मृग नयन, ओठ गुलाबी रंग राम्रो ।
मयूरको कल्कि झैँ ढल्कि हिड्ने ढंग राम्रो ।
कति बयान गर्नु र प्रिया तिम्रो अधर हेरेर
तारा जुनसँग सधैं, अनि तिमी मै संग राम्रो ।


मेरा लागि बाँचिदिनु अमृतै खानु के छ र ।
सबैलाई जानु नै छ बिस्तारै जानु के छ र ।
कसलाई के थाहा हुन्छ र दैवको लेखा
छोडेर कीर्ति बाहेक यहाँ मरेर लानु के छ र ।


लाग्थ्यो मरिसकें फेरि जिउन मन लाग्यो ।
पिर सबै भुलाउन थोरै पिउन मन लाग्यो ।
झिनो आशा पलायो चोटैचोट भए पनि
च्यातिएको मुटु फेरि सिउन मन लाग्यो ।


हिजो भन्दा आज किन अलि बेग्लै गन्ध छ ।
बेगले चल्ने बतास पनि आज किन मन्द छ ।
बिस्वासको खडेरी चलेर हो, कि भ्रममा परेर
सधैं खुल्ने दिलको ढोका आज किन बन्द छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक…

देशको दक्षिणमा हिन्दू र मुस्लिम समूहहरू बीच भएको झडपमा तीन जनाको मृत्यु भएपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले शान्त रहन आह्वान…

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

प्रतिकृयाहरू
...