Thursday 16th October 2025

शासनसत्ताको अकर्मण्यताको कारण जनताले दुःख पाँउछन् 


जय नारायण माझी थारू – देशको हरेक गतिविधिलाई चलायमान राखी देश र जनताको हित, रास्ट्र , रास्ट्रीयता, स्वाधीनता बचाई सधै देश र जनतालाई सिरोधार्य गरेर ब्यवस्थापन गर्ने प्रणालीलाई शासनसत्ता भनिन्छ । अर्को शब्दमा देशलाई सहि गति दिन नियमबद्ध तरिकाले चलायमान बनाउने ब्यवस्थालाई शासनसत्ता भनिन्छ। शक्तिको बाँडफाँड गरि देशको हरेक निकायलाई जनभावना मुखी बनाउने अंग पनि हो शासनसत्ता  । शासनसत्ता अलग अलग प्रक्रिया वा व्यवस्थापन वा नेतृत्व प्रक्रियाको एक प्रमुख अंश पनि हो | शासन भनेको शक्ति र नीति व्यवस्थापनको गतिशील प्रक्रिया हो, शान्ति, व्यवस्था र राम्रो सरकार अन्तर्गत सरकारको शासनको पर्यायवाचीको रूपमा पनि प्रयोग गर्ने ब्यवस्थालाई शासनसत्ता भनिन्छ ।

अकर्मण्यताको परिभाषा यसरी पनि गर्न सकिन्छ – बल वा शक्तीद्वारा विशेष गरी जनताको अधिकारमा खेलवाड, राज्यसत्ताको अधिकारको उल्लंघन गरी जनतामा पूंजीपतिवादको हावी, नातावाद, कृपाबाद, समान्तवाद लाद्नु , देश र जनताको अधिकारलाइ कुन्ठित गर्नु , राज्यसत्तामा बसेको शासक ब्यक्तिवादी हुनु , आफ्ना हरेक कमि कम्जोरिहरु लाई लुकाउने र आफ्नो प्रतिपक्षलाई आरोप लगाउँदै आसेपासे लगाएर आफ्नो कुराहरु मात्र सहि हो भनेर वकालत गराउनु अकर्मण्यता हो । अकर्मण्यता हाम्रो दैनिक जीवनको एउटा हिस्सा बनेको छ, मनोवैज्ञानिक हिसाबले अकर्मण्यता केवल एक अर्थमा परिभाषित गर्न गाह्रो छ । अकर्मण्यता विभिन्न रूपहरू शारीरिक /मौखिक/लिखित वा गैर-मौखिक रूपमा व्यक्त गरिरहेका हुन्छन ।

इतिहासमा हिटलरको नाजीवाद फासिवादलाई इङ्कित गर्दै प्रसिद्ध कवि मारटिन निमोरले लेखेका थिए,”पहिला उनीहरु समाजवादीलाई लिन आए । म बोलिन किन कि म समाजबादी थिइन । उनीहरु पेशाकर्मीलाई लिन आए,म बोलिन किन कि म पेशाकर्मी थिईन । उनीहरु गैर जर्मनहरुलाई लिन आए म बोलिन, किन कि म गैर जर्मन थिइन । जब उनीहरु मलाई लिन आए ,त्यस बेला मेरो लागि बोल्न मानिस कोही बाँकी थिएन ।” भनाईको अर्थ हामी जनताहरु माथी भैइरहेको खेलवाड तपाईं हामी आफै बोल्नु पर्छ । यदि तपाईं हामी बोलेनौ भने, आवाज उठाएनौ भने वा संघर्ष गरेनौं भने हाम्रो निम्ति बोल्ने कोहि बच्दैन । त्यसैले देशमा सुशासन,सदाचार, विकास, समृद्धि, कानुनी राज्य, रोजगारी, शिक्षा, स्वास्थ्यको लागि बोल्नै पर्छ ।
जब शासनसत्ता प्रति देश र जनताको विश्वास घट्छ, तब तानाशाहीहरुको `कु ´गर्ने बाटो खुल्ला हुन्छ । वर्तमान अवस्थामा देशमा यस्तै किसिमको खेल हुदैछ । याद रहोस! शासन प्रणालीमा विश्वास गुम्यो भने देशमा नव हिटलरको जन्म हुनेछ ।

देशमा अहिले कोविड -19 को महामारीले जनता लकडाउनमा छन् । यतिखेर जनता रोगले होइन भोकले मर्ने बेलाको सिर्जना भएको छ । यो समस्या समाधानार्थ वर्तमान शासन सत्ताको कुनै ठोस कदम छैन । स्वास्थ्य क्षेत्र असफल भएको छ, जताततै भ्रस्टाचार मौलाउदै छ, आर्थिक सङ्कट आउने सङकेत देखिईरहेको छ । विदेशबाट फिर्ती भएका दाजुभाइ दिदिबहिनीहरुको लागि रोजगार तथा अवसरको ब्यवस्था छैन । विदेशी ॠण दिन प्रति दिन बढ्दैछ, रेमिटेन्सले धानेको देश, सुनको थाल लिएर मागी हिड्ने देश बनाएको छ । राज्यको सम्पतीहरु केही ब्यक्ति वा ग्रुपहरुलाई कौडिको भाउमा दिइदैछ । शासनसत्ता र कुर्सी टिकाउन आफ्नो पदिय दायित्व बिर्सिइदैछ । शासकहरु कानमा तेल हालेर बसेका जस्तो छन् । जनताको अभिभावाक भएर पनि अभिभावाकत्व पूरा गरेको भान जनतामा छैन । देश यस्तो विषम् परिस्थितिबाट गुज्रिएको अवस्थामा शासन सत्तामा बसेकाहरु साढे जुदाई गरेर कुर्सी हत्याउने खेल देखाउदैछन । देशमा यति हुँदा जनता चुप लागेर बस्यो भने यो सबै भन्दा ठूलो मुर्खताको पराकाष्ठा हो ।अब त हाम्रो दिमागको ढकक्न खोल्नु पर्छ, हामी सबै देशभक्त युवाहरु, प्रगतिशिल सोच भएका युवाहरु,अग्रगामी सोच राख्ने ब्यक्तित्वहरु यो राजनितीक अकर्मण्यतालाई जरै देखि उखेलेर फाल्नको लागि एकजुट भएर अगाडि बढ्ने बेला आएको छ । जब सम्म हामी सडक देखि सदन सम्म आवाज उठाउन सक्दैनौं तब सम्म राजनितीक अकर्मण्यता गर्ने राजनितिकर्मीहरुको बुद्धिको बिर्को खुल्दैनन ।

अबको विकल्प भनेको आसमान सम्बन्धको साङ्लो नफेरिकन अथवा प्रगतिशील राष्ट्रवादको तरिकाले समस्या अन्त्य नगरेसम्म बाह्य हस्तक्षेपको अन्त्य हुदैन । मुखले मात्र गर्छु भन्यो भने झन प्रत्युत्पादक हुन्छ । एउटा तितो याथार्त  यो हो कि देशलाई पहिला आत्मानिर्भर, समृद्ध बनाएर मात्रै बाहय शक्ति सँग सम्बन्धलाई सन्तुलनमा ल्याउन सकिन्छ । देश समृद्ध र देश बलियो बनाइ देशको सम्पुर्ण उत्तपिडनमा परेकाहरुलाई एकताबद्ध गर्नमा जोड दिनुपर्छ, अनिमात्र शासनसत्ताबाट नेपाली जनताको भलो हुनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...