Thursday 16th October 2025

कविको कविता – हरि शर्मा (सुवेदी)


-कविको कविता-
*************
तोटक छन्द
********
कविको कविता, सबको हित हो।
रविको तुलना, कविको सित भो।
रबिका घरकी, चपला सबिता,
उनले जितिनन्, कविका कविता।१ ।

तर आज भयो, किन यो बिचरो।
नहुँदा जननी, घरमा टुहुरो।
सबको मुखमा, धन हो महान,
धन नै कलिमा, घरको जहाँन ।२।

किन भो झगडा, सबको घरमा,
मनकी सरिता धनको भरमा,
तनको, मनको नहुँदा मिलती,
चपला अबला हरियो बनकी। ३।

धनको नखरा, जगमा अति भो।
जसले जसरी बटुले पनि भो।
जगमा यसकै गरियो रटना।
धनको भरमा मनको खटना।४।

नरले नरको नगरी गणना,
धनको पछि गै हेलिने रणमा।
मनको बशमा तन त्यो तगडा ।
नगरौँ सबले त्यसरी झगडा।५ ।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...