Sunday 25th October 2026

नेपाल एयरलाइन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि


तितोपाटी- नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।

नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले बताएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...