Thursday 16th October 2025

बिछोड -तारा अर्याल


बिछाेड

हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ ।
आज पराइलाइ आफ्नो ठानेर गयौ ।।

हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले
तर आज धोका दिइ पराइ बनेर गयौ ।।

मलाई दुःखी गरीब देखे पछी तिमीले
आज राम्रो अनि धनी मान्छे छानेर गयौ ।।

जिन्दगी तिमी सँगै बिताउँछु भन्थ्यौ
मेरो अगाडि पराइको हात तानेर गयौ ।।

जस्तो गरेर गयौ, जे गरेर गयौ तिमी
तर मैले भनेको एउटा कुरा मानेर गयौ ।।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...