Saturday 26th September 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित १५४९१, निको हुनेको संख्या ६४१५ र जम्मा ३४ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २७२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप २ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५४९१ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ९०४२ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल ६४१५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा गोर्खाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुष रहेका छन् भने हाल सम्म ३४ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ४६ हजार २ साय ९७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १२ लाख २८ हजार भन्दा बढि संक्रमित भइ ६३ लाख ७२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख २९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...