Friday 2nd January 2026

ग्रामीण बजेट -तिलाचन बस्याल


शीर्षक=ग्रामीण बजेट
छन्द:शार्दूलविक्रीडित
•••••••••••••••••••••••
हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन
औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन
सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१)

हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन्
जोगाऔं उपमा हरेक वनका जैले यही माग छन्
के हुन् प्राप्तिहरू उपाय नहुने हेक्का गरौँ जन्जिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(२)

अग्लो माथ भयो भनेर नगरौं पर्खालको चाकरी
खोलाले बदला लिनेछ सहजै धक्का दिई बेस्सरी
आगोको रङमा जलेर हुलिया ढुङ्गा बनोस् मन्दिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(३)

सस्तो भाषणको गरेर महिमा बुझ्दै गयौं यो कुरा
खुट्टाको भरमा अडिन्न जहिले हाम्रो स्वयं पाखुरा
रातारात भयौ धनाढ्य कसरी के नै थियो जागिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(४)

कैलेसम्म युवा पलायन हुने खोज्दै चुनौतीहरू
सानो काम मिले यहीँ मुलुकमा चाहिन्न केही अरू
मौका अन्तिम हो पवित्र पदको रक्षार्थमा आखिर
बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर(५)

तिलाचन बस्याल ,स्याङ्जा


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...