Saturday 17th May 2025

नेपालको कोरोना अपडेटः अहिले सम्म १३२४८ संक्रमित, ३१३४ निको भएका तथा २९ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको र देशका विभिन्न अस्पताल तथा अाइसोलेसन सेन्टरमा गरि जम्मा १००८५ जना उपचाररत रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ३१३४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरी पाटनको स्टार अस्पतालमा उपचाररत राैतहटका ३० वर्षीय पुरूषको ज्यान गएको छ भने अहिले सम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख २३ हजार ६ साय ३० जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड २ लाख ८५ हजार भन्दा बढि संक्रमित भइ ५५ लाख ८३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरेबियाले उत्पादकत्व र दिगोपन बढाउने उद्देश्यले उन्नत रोबोटिक्सको साथ आफ्नो कृषि क्षेत्रलाई रूपान्तरण गर्दैछ। कृत्रिम बुद्धिमत्ता-संचालित मेसिनहरूले खजूरको…

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका…

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ ।…

प्रतिकृयाहरू
...