Wednesday 15th October 2025

गजल -नरेन्द्र दुलाल


गजल

यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ ।
भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।।

घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी
जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।।

हामी नेपाली मर्नेछाैँ उपचार नपाएर
भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।।

अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना
सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...