Sunday 9th August 2026

गजल – राम भण्डारी


गजल

झरझर झरि पछि उज्यालो घामको आसमा ।
मुटु छुने जाडो पछि न्यानो यामको आसमा ।।

प्रतिक्षा छ अन्धकार चिर्ने आकांक्षा लिएर
पर्खि बसे थालनी सुनौलो कामको आसमा ।।

गरीबीको पीडा झन् झन बढ्यो आँसु पिएर
पसिना बिक्री हुँदै थियो केहि दामकोआसमा ।।

सधैँ अभाव झेलिरह्यौं च्यातिएको मन सिएर
सन्ततिको भविष्य अनि मामको आसमा ।।

अझै पनि अघि बढ्दैछौं कर्तव्य निष्ठ रहेर
मृत्युपर्यन्त पुग्ने ईश्वरीय धामको आसमा ।।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...