Wednesday 15th October 2025

गजल – राम भण्डारी


गजल

झरझर झरि पछि उज्यालो घामको आसमा ।
मुटु छुने जाडो पछि न्यानो यामको आसमा ।।

प्रतिक्षा छ अन्धकार चिर्ने आकांक्षा लिएर
पर्खि बसे थालनी सुनौलो कामको आसमा ।।

गरीबीको पीडा झन् झन बढ्यो आँसु पिएर
पसिना बिक्री हुँदै थियो केहि दामकोआसमा ।।

सधैँ अभाव झेलिरह्यौं च्यातिएको मन सिएर
सन्ततिको भविष्य अनि मामको आसमा ।।

अझै पनि अघि बढ्दैछौं कर्तव्य निष्ठ रहेर
मृत्युपर्यन्त पुग्ने ईश्वरीय धामको आसमा ।।


सम्बन्धित शीर्षकहरु

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

प्रतिकृयाहरू
...