Saturday 18th July 2026

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजारबाट उकालो लाग्यो, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९४ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ९०२६ पुगेको छ भने अहिलेसम्म ७५ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार अाइतबार अपरान्ह सम्म कुल १७७२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २३ पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १७५१७३ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८९ लाख ४६ हजार भन्दा बढि संक्रमित भइ ४७ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ६७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

बहराइन र कतारले शनिबार बिहान इरानबाट भएको भनिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि आफ्नो सुरक्षा अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन्।…

कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहानैदेखि देशको हवाई क्षेत्रमा प्रवेश गरेका शत्रुतापूर्ण ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू पत्ता लगाई सबैलाई सफलतापूर्वक अवरोध…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा…

प्रतिकृयाहरू
...