Friday 25th September 2026

नेपालमा कोरोना अपडेटः ६७१ नयाँ संक्रमित, निको हुनेको संख्या११८६, थप २ को मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाले कोरोना जितेर घर फर्केका छन् र २ जनाको ज्यान गएको छ। याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ७८४८ पुगेको छ भने अहिलेसम्म ७४ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल ११८६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको छ  भने अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या २२ पुगेको छ । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १५५५१८ परीक्षण भएको  छ भने क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८४ लाख ६८ हजार भन्दा बढि संक्रमित भइ ४४ लाख ३९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ५१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...