Wednesday 12th November 2025

नेपालमा कोरोना अपडेटः जम्मा संक्रमित ५७६०, निको हुनेको संख्या ९७४, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५७६० पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ४७६७ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार अाइतबार अपरान्ह सम्म कुल ९७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि गुल्मी धुरकोटका ३६ वर्षीय  १ जना पुरूषको  कोरोनाको कारण ज्यान गएको छ । यसरी अहिले सम्म १९ जनाको ज्यान गएको छ । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १३३३७७ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट २१०७२१ जनाको परिक्षण गरिएको छ भने क्वारेन्टाइनमा १ लाख ४३ हजार ६ सय ४१ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७८ लाख ९५ हजार भन्दा बढि संक्रमित भइ ४० लाख ५६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ३२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...