Saturday 18th July 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित ४०८५, निको भएका ५८४ र ज्यान गुमाउने १५ जना पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ ।  याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४०८५ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३४८६ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ५८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यसै गरि भरतपुर – ११ चितवनका १ जना पुरूषको उपचारका क्रममा मृत्यु भइ अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १५ पुगेकत्र छ । हालसम्म देशभरका २१ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १०६३३१ परीक्षण भएको  तथा अारडिटी परिक्षणबाट १६६१५८  जनाको परिक्षण गरिएको छ भने  क्वारेन्टाइनमा १ लाख ६५ हजार ७७५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ७२ लाख १९ हजार भन्दा बढि संक्रमित भइ ३५ लाख ५४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।५


सम्बन्धित शीर्षकहरु

शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो…

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

प्रतिकृयाहरू
...