Wednesday 19th August 2026

कुवेतमा कोरोना संक्रमितको संख्या २९,९२१ पुग्यो, मृत्यु हुनेको संख्या २३६


हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०४, बिहिबार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ५६२ जना सहित २९,९२१पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ६ जना सहित २३६ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २९,९२१जना मध्ये १७,२३२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा १,४७३ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार ९९ जना भारतीय , १७७ जना कुवेती, ८४ जना इजिप्सियन र ८६ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस फर्वानिया क्षेत्रमा १४८ जना, हवालीमा ५४ जना, सिटीमा-५५ जना, जाहारामा १०५ र अहमादीमा २०० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २९,९२१ जना मध्ये १२,४६२ जना अस्पतालमा उपचाररत छन भने १८४ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,०६,००६ जनाको कोरोना परिक्षण गरिएको छ भने पछिल्लो २४ घन्टामा २,७२१ जनाको स्वाब परिक्षण गरिएको हो।


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...