हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०४, बिहिबार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ५६२ जना सहित २९,९२१पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ६ जना सहित २३६ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
कुवेतमा कोरोना संक्रमितको संख्या २९,९२१जना मध्ये १७,२३२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा १,४७३ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार ९९ जना भारतीय , १७७ जना कुवेती, ८४ जना इजिप्सियन र ८६ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।
कोरोना भाइरस फर्वानिया क्षेत्रमा १४८ जना, हवालीमा ५४ जना, सिटीमा-५५ जना, जाहारामा १०५ र अहमादीमा २०० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
कोरोना भाइरसबाट संक्रमित २९,९२१ जना मध्ये १२,४६२ जना अस्पतालमा उपचाररत छन भने १८४ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,०६,००६ जनाको कोरोना परिक्षण गरिएको छ भने पछिल्लो २४ घन्टामा २,७२१ जनाको स्वाब परिक्षण गरिएको हो।