Friday 11th September 2026

कुवेतमा पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु, ९५५ जनामा कोरोना संक्रमण


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्युु भएको छ । पछिल्लो २४ घन्टामा ९५५ जनामा कोरोना संक्रमण भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या १९,५६४ पुगेको छ, भने  १३८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३१० जनाले स्वास्थ्य लाभ गरेका छन ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  ३१९ जना भारतीय नागरिक रहेका छन, भने १३९ जना कुवेती नागरिक, १९६ जना इजिप्सियन र १११ जना बाङ्लादेशका नागरिक सहित अन्य देशका नागरिक समेत रहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस सबैभन्दा बढी फर्वानियामा ३३२ जना संक्रमित छन । हवालीमा १९७ जना, सिटीमा १२६ जना, जहारामा ११२ र अहमादीमा १८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १९,५६४ जना कोरोना संक्रमित मध्ये अहिले सम्म ५,५१५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट संक्रमित १३,९११ जना अस्पतालमा उपचाररत छन भने १८० जनाको स्वास्थ्य अवस्था निकै नाजुक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...