Wednesday 14th January 2026

कुवेतमा पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु, ९५५ जनामा कोरोना संक्रमण


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्युु भएको छ । पछिल्लो २४ घन्टामा ९५५ जनामा कोरोना संक्रमण भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या १९,५६४ पुगेको छ, भने  १३८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३१० जनाले स्वास्थ्य लाभ गरेका छन ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी  ३१९ जना भारतीय नागरिक रहेका छन, भने १३९ जना कुवेती नागरिक, १९६ जना इजिप्सियन र १११ जना बाङ्लादेशका नागरिक सहित अन्य देशका नागरिक समेत रहेको अरब टाइम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस सबैभन्दा बढी फर्वानियामा ३३२ जना संक्रमित छन । हवालीमा १९७ जना, सिटीमा १२६ जना, जहारामा ११२ र अहमादीमा १८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १९,५६४ जना कोरोना संक्रमित मध्ये अहिले सम्म ५,५१५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना भाइरसबाट संक्रमित १३,९११ जना अस्पतालमा उपचाररत छन भने १८० जनाको स्वास्थ्य अवस्था निकै नाजुक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...