तितोपाटी – नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ ।
कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका नेपालीहरुको तथ्याङ्क संकलन गरि नेपाल सरकारलाई दवाब र रचनात्मक सहयोगको अभियान शुरु गर्न लागेको जनसम्पर्क समिति कुवेत सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई बताएका छन ।
तलको लिंकमा आफनो डाटा भरि यो अभियानलाई सहयोग गर्न बिदेशमा कार्यरत सम्पूर्ण नेपालीलाई आह्वान गरिएको छ ।
“संकटमा उद्दार मातृभूमिको कर्तव्य”
1,https://play.google.com/store/apps/details?id=com.awesomewalpaper
2,http://www.nepalicongress.org/rescuenepali