Saturday 10th October 2026

जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी


तितोपाटी – जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिले भारतद्वारा लिम्पियाधुरा- लिपुलेक र कालापानीमा गरिएको सीमा अतिक्रमण विरुद्ध संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । “प्रवास विशेष प्रदेश समिति” अन्तर्गतको “नेपाली समाज” गठन भएका विश्वका २० मुलुकका अध्यक्षहरूको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको नेपाली समाज कुवेतका सचिब जयनारायण थारुले तितोपाटीलाई बताएका छन ।

सन् १८१६ मा भएको सुगौंली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो भनेको छ । भारतीय पक्षले विगतमा पटक-पटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतीय सरकारका केन्द्रिय रक्षा मन्त्रीको उपस्थितिमा भिडियो कन्फरेन्स मार्फत लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माण गरी उद्घाटन गरेको कार्य प्रति “जनता समाजवादी पार्टी – नेपाल, प्रवास विशेष प्रदेश समितिले” प्रेस विज्ञप्ति मार्फत घोर निन्दा र भर्त्सना गरेको छ ।

नेपाल सरकारलाई सीमा जस्तो संवेदनशिल विषयमा गम्भीर हुनको लागि ध्यानाकर्षण गराएको छ ।यथासक्य सर्वदलिय छलफल गरि नेपाल सरकारले राष्ट्रिय धारणा सार्वजनिक  गर्नको लागि माग समेत गरेको छ । देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता कायम गरि विस्तारवाद विरुद्ध एकजुट भई लड्न प्रवास विशेष प्रदेश समिति देश प्रेमी सबैलाई प्रेस विज्ञप्ति मार्फत हार्दिक आव्हान गरेको छ ।

राजनैतिक र कूटनैतिक रूपमा नेपाल, चीन र भारत त्रीदेशीय उच्चस्तरिय तहबाट छलफल गरि वैज्ञानिक किसिमले सीमा समस्याको दिर्घकालिन समाधान गर्न माग गरेको छ । यदि, भारत सँग वार्ता सकरात्मक नभएमा अन्तर्राष्ट्रिय अदालतमा समेत नेपाल सरकारलाई जानको लागि अनुरोध गरेको छ ।

देशभक्त नागरिकहरूलाई धरपकड र गिरफ्तार जस्तो निच र निन्दनीय कार्य तत्काल रोक्न समेत आग्रह गरेको छ । छिमेकी सँगको मैत्रीपूर्ण सम्बन्ध  सुदृढीकरणको सवालमा बराबरी र समानताका साथ अगाडी बढ्ने बाटो खुल्ला गर्नको लागि त्रिदेशीय सम्झौता गर्ने र विश्व महामारीको रुपमा फैलिरहेको कोभिड -१९ नेपाल – भारत खुल्ला सिमाना भएको कारण उच्च खतरा देखिएकोले तत्काल खुल्ला सिमाना स्थायी रुपमा लागु हुने गरि बन्द गर्न तथा स्वदेश फर्कनेहरुको व्यवस्थित ब्यवस्थापन गर्न समेत प्रेस विज्ञप्ति अपिल गरेको छ ।

जनता समाजवादी पार्टी- नेपाल, प्रवास विशेष प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्ति


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...