Thursday 10th September 2026

कुवेतमा आज सम्म ७८ नेपाली सहित ४६१९ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ४३ बर्षिय बंगालादेशी, ३४ बर्षिय भारतिय र ७१ बर्षिय जोर्डनियन नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १०१ जनाले स्वास्थ्य लाभ गरेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ४६१९ संक्रमित मध्ये ६९ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १७०३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

प्रतिकृयाहरू
...