Sunday 21st December 2025

कुवेतमा १९ नेपाली सहित १६५८ जना कोरोना संक्रमित, ५ जनाको मृत्युु


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १९ नेपाली सहित १६५८ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ४ नेपाली सहित १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्युु हुनेको संख्या थप २ जना सहित ५ पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६४ जना भारतीय नागरिक कोरोना संक्रमित भएका छन ।

कुवेतमा पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार कोरोना संक्रमित मध्य १० जना कुवेती नागरिक, २० जना इजिप्सियन नागरिक, १५ बङ्गाली नागरिक, ४ पाकिस्तानी नागरिक, ३ फिलिपिनी नागरिक, ३ श्रीलंकाको नागरिक, बेदुन २ जना सहित अन्य देशको ९ नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १६५८ जना संक्रमित मध्ये अहिले सम्म २५८ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित १३९५ जना उपचाररत छन भने ३२ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ जना कुवेती नागरिक, एक जना इरानी नागरिक  छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेत सरकारले अहिले माबुल्ला, जलिब लगायतका ठाउमा २४ सै घण्टा कर्फ्यु लगाएको छ भने अन्य ठाउमा बेलुका ५ बजे देखि बिहानको ६ बजे सम्म कर्फ्यु लगाएको छ । सार्वजनिक बस, ट्याक्सी समेत बन्द रहेको छ । केही प्राइभेट कम्पनीमा काम बन्द छ भने केही कम्पनीमा काम चलिरहेको छ ।

कुवेतमा कोरोना भाइरसबाट आप्रवासीहरु बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा उल्लेख छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...