Sunday 21st December 2025

कुवेतमा कोरोना संक्रमितको संख्या १,१५४, एकै दिन  १६१ जना थप संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या १,१५४ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ भने जसमा १०१ जना भारतीय नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा १,१५४ जना संक्रमित मध्ये अहिले सम्म १३३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना संक्रमित १,०२० जना अस्पतालमा उपचाररत छन भने  २७ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...