Wednesday 14th January 2026

कुवेतमा एक नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने- कुवेतमा रोजगारिका लागि आएका लमजुङका ४१ वर्षिय आइत बहादुर गुरुङको मृत्यु भएको छ। उनको अप्रिल ८ तारिक बुधबार २०२० का दिन बेलुकी करिब ५ बजे मृत्यु भएको हो।

नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डट कम संग भने “मेश अल्गानियम कम्पनीको किचनमा कार्यरत राहदानी नं-०७२२४७२४ का आइत बहादुर गुरुङको आत्म हत्याबाट मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आए पनि पूर्ण जानकारी आएको छैन । मृतको शवलाई कानुनी प्रकृया र जाँचबुझका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ।”

एकै कम्पनीमा काम गर्ने मृतका साथिले तितोपाटी डट कम संग भने “करिब ५ बर्ष देखि कुवेतमा काम गरिरहेका आइत बहादुर घर छुट्टि जान हिसाब किताब लिएर तयारीमा थिए । कोरोना संक्रमणका कारण उडान बन्द भए संगै घर जान नपाएका गुरुङ सबै साथिहरु जस्तै कम्पनि कै आवासमा बस्ने गर्दथे । हिजो एक्कासी कम्पनि कै बिल्डिङ्गमा करिब बेलुकिको ५ बजे झुन्डिएर आत्म हत्या गरेको खबरले हामिहरु दुखी छौं।” मृतकको घरमा श्रीमति र २ बच्चाहरु  रहेका छन ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...