Sunday 27th July 2025

छबिकी गर्लफ्रेण्ड शिल्पाको अनुपमसँ विहे


तितोपाटी – अभिनेत्री शिल्पा पोखरेल अभिनेता अनुप विक्रम शाहिसंग विवाह वन्धनमा वाधिएकी छिन् ।

नआत्तिनुस्, अहिलेसम्म चलेको हल्ला अनुसार शिल्पाको रियल विहे छविराज ओझासंगै हुने खवर छ, तर अहिले शिल्पा चलचित्र विरांगनाको लागी अनुप विक्रम शाहिसंग विहे वन्धनमा वाधिएकी हुन् ।

असार २९ गतेबाट रिलिज हुने चलचित्रमा यीदुबै शसस्त्र प्रहरीको भुमिका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको बताईन्छ ।

चलचित्रमा यि दुई पात्रवाहेक पृथ्वी राज प्रसाई, प्रज्वलगिरी, शुशिलपोखरेल, धु्रवकोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रलाई फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छाया“कन रहेको छ । चलचित्रलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...