Thursday 26th February 2026

छबिकी गर्लफ्रेण्ड शिल्पाको अनुपमसँ विहे


तितोपाटी – अभिनेत्री शिल्पा पोखरेल अभिनेता अनुप विक्रम शाहिसंग विवाह वन्धनमा वाधिएकी छिन् ।

नआत्तिनुस्, अहिलेसम्म चलेको हल्ला अनुसार शिल्पाको रियल विहे छविराज ओझासंगै हुने खवर छ, तर अहिले शिल्पा चलचित्र विरांगनाको लागी अनुप विक्रम शाहिसंग विहे वन्धनमा वाधिएकी हुन् ।

असार २९ गतेबाट रिलिज हुने चलचित्रमा यीदुबै शसस्त्र प्रहरीको भुमिका छन् । तर फिल्म भित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो भने फिल्म निर्माण टिमले सार्वजनिक गरेका थिएनन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको बताईन्छ ।

चलचित्रमा यि दुई पात्रवाहेक पृथ्वी राज प्रसाई, प्रज्वलगिरी, शुशिलपोखरेल, धु्रवकोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रलाई फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छाया“कन रहेको छ । चलचित्रलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...