Thursday 10th September 2026

कुवेतमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि, सबैलाई सजग रहन दूतावासको आग्रह


हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ।
एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली राजदूताबासलाई आएको बताउदै नेपाली राजदुताबासले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार” संक्रमितको ब्यक्तिगत बिबरण गोप्य राखिएको र उनको अबस्था समान्य रहेको तथा उनी अहिले उपचाररत रहेका छन।”
यसै बिच नेपाली राजदूताबास कुवेतले पछिल्लो समयमा कुवेतको महाबुल्ला,फाहहिल, साल्मिया, जिलिब लगाएतको स्थानमा रहेका लेबर क्याम्पहरुमा कोरोना संक्रमितहरु भेटिन थालेकाले कुवेतमा रहेका सम्पुर्ण नेपालिहरुलाई जो,जहाँ, जसरी रहनु भएको छ सुरक्षीत र सजग रहन अनुरोध गरेको छ।यसै बिच नेपाली राजदूताबास कुवेतले” बिश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोना संक्रमणबाट बच्ने न्यूनतम उपायहरु अबलम्न गर्दै कुवेतमा रहेका सबै नेपालिहरुलाई सके सम्म बाहिर ननिस्क्न र कुवेत सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदमहरुमा साथ दिन हार्दिक अनुरोध गरेको छ।
स्मरण रहोस पछिल्लो २४ घन्टामा २८ जना नयाँ संक्रमितमा १८ जना भारतिय सहित अधिकांश आप्रबासी कामदारहरु रहेका छन।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...