Tuesday 27th October 2026

कुवेतमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि, सबैलाई सजग रहन दूतावासको आग्रह


हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ।
एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली राजदूताबासलाई आएको बताउदै नेपाली राजदुताबासले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार” संक्रमितको ब्यक्तिगत बिबरण गोप्य राखिएको र उनको अबस्था समान्य रहेको तथा उनी अहिले उपचाररत रहेका छन।”
यसै बिच नेपाली राजदूताबास कुवेतले पछिल्लो समयमा कुवेतको महाबुल्ला,फाहहिल, साल्मिया, जिलिब लगाएतको स्थानमा रहेका लेबर क्याम्पहरुमा कोरोना संक्रमितहरु भेटिन थालेकाले कुवेतमा रहेका सम्पुर्ण नेपालिहरुलाई जो,जहाँ, जसरी रहनु भएको छ सुरक्षीत र सजग रहन अनुरोध गरेको छ।यसै बिच नेपाली राजदूताबास कुवेतले” बिश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोना संक्रमणबाट बच्ने न्यूनतम उपायहरु अबलम्न गर्दै कुवेतमा रहेका सबै नेपालिहरुलाई सके सम्म बाहिर ननिस्क्न र कुवेत सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदमहरुमा साथ दिन हार्दिक अनुरोध गरेको छ।
स्मरण रहोस पछिल्लो २४ घन्टामा २८ जना नयाँ संक्रमितमा १८ जना भारतिय सहित अधिकांश आप्रबासी कामदारहरु रहेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन…

भारतविरोधी राष्ट्रवादको युग सकिएको टिप्पणीप्रति आलोचना, मन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठायो काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा आयोजित…

प्रतिकृयाहरू
...