Tuesday 27th October 2026

कुवेतमा झापाका जिवन पाठकको मृत्यु


हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन।
नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम संग भने” राहदानी नं-०५४६३७१३ का पाठक सन २०१७ देखीनै अबैधानिक रुपमा काम गर्दै आएको पाइएको छ।उनी त्यस अघि सुर अल कुवेत कम्पनीमा काम गर्दै आएका थिए भने हाल कम्पनिले मृतकलाई रनवे ( कम्पनीबाट भागेको)मुद्दा दर्ता गरिएको पाइएको छ।”
दितिय सचिवका अनुसार मृतकको परिवार र कुवेतको संबन्धित निकाय संग समन्वय गरेर कानुनी प्रक्रिया पूरा गर्न राजदूताबासले काम शुरु गरिसकेको छ।उनको शबलाइ कुवेतको फर्वानिया अस्पतालमा राखिएको छ भने मृत्युको पूर्ण बिबरण पनि आउन बाकी छ।


सम्बन्धित शीर्षकहरु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले…

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

प्रतिकृयाहरू
...